फागुन ११ गतेदेखि आईपीओ निष्काशन गर्दै नेपाल माइक्रो इन्स्योरेन्स


काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले सवसाधारणका लागि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले यति फागुन ११ गतेदेखि आइपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो ।

कम्पनीले नेपाल धितापत्र बोर्डबार २२ करोड ५० लाख रुपैयाँ बरारबरको सेयर निष्काशन गर्न अनुमति पाएको थियो ।

जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा २२ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्ने छ ।

कम्पनीले निष्काशित गर्ने कुल सेयरको १० प्रतिशत हुन आउने २ लाख २५ हजार बैदेशिक रोजगारीमा गएका नेपालीको लागि, ३ प्रतिशतले हुन आउने ६५ हजार ५ सय कित्ता कम्पनीका कार्यरत कर्मचारीको लागि र ५ प्रतिशतले हुन आउने १ लाख १२ हजार ५ सय कित्ता सेयर सामुहिक लगानी कोषका लागि छुट्याएको छ । भने बाँकी रहेको ८२ प्रतिशत सेयर सर्वसाधारणका लागि निष्काशन गर्नेछ ।

पहिलो चरणमा वैदेशिक लगानीकर्ताको लागि सेयर निष्काशन गरेर बाँडफाँड गरिसकेको कम्पनीले दोस्रो चरणको लागि १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणको लागि निष्काशन गर्न लागेको हो ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्काशन बन्द छिटोमा फागुन १५ गते र ढिलोमा फागुन २५ गते हुनेछ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालय तथा मेरो सेयरबाट पनि आवेदन दिन सक्नेछन् ।

कम्पनीले उक्त आइपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा एनआइएमबी एस क्यापिटललाई नियुक्त गरेको छ ।