६० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक


काठमाडौँ । नेपाल राष्ट्र बैंकले ६० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले बोलकबोल विधिमार्फत ६० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागेको हो ।

ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने छ भने राष्ट्र बैंकले फागुन २१ गते यसको साँवा ब्याज भुक्तानी गर्ने जनाएको छ ।

निक्षेप संकलन उपकरणकोबोलकबोलमा “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।