काठमाडौं । साताको कारोबारको तेस्रो दिन सेयरबजार झिनो अंकले बढेको छ । नेपाल स्टक ए्रक्सचेन्जका अनुसार बुधबार सेयर मापक सूचक नेप्से परिसूचक १.८६ अंकले बढेर २६८५.७३ अंकमा पुगेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ४ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी ९ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।
बुधबार नेप्सेमा एनआरएन इन्फ्रास्टक्चर बैंकको सबैभन्दा धेरै कारोबार भएको छ । बैंकको ३९ करोड ६० लाख बढिको कारोबार भएको छ ।
आजको दिन नेप्सेमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ ।
कुल ३०७ कम्पनीको १ करोड ५५ लाख २० हजार ५ सय ५९ कित्ता सेयर किनेबेच हुँदा ८ अर्ब ७१ करोड ७८ लाख ४७ हजार बढिको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्