काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि वैज्ञानिकको विदेश पलायन रोक्नुपर्ने बताएका छन् । ललितपुरमा आज आयोजित राष्ट्रिय कृषि प्राविधिक कार्य समुह बैठकलाई सम्बाेधन गर्दे मन्त्री अधिकारीले कृषि अनुसन्धानमा काम गर्ने वैज्ञानिकहरूको विदेश पलायन हुने अवस्था नराेकिएकाे र नेपालमै काम लाग्ने बैज्ञानिकहरूलाई स्वदेशमै रहन सक्ने वातावरण बनाउन जरुरीे रहेकाे बताएका हुन् ।
वैज्ञानिक तथा कर्मचारीमा देखिएको विदेश पलायन रोक्न आफुले सक्दो प्रयास गरिरहेको उल्लेख गर्दे मन्त्री अधिकारीले नार्कमा धेरै वर्ष देखि नसुल्झेको जटिलताहरू सुल्झदै गएको र समस्या समाधान गर्ने ध्यान दिएको बताए ।मन्त्री अधिकारीले वैज्ञानिक एस १ , एस २ को समस्या समाधान भएको र समकक्षताको समस्या समाधान गर्न पनि समिति गठन भैसकेको पनि उल्लेख गरे ।
कृषि अनुसन्धान प्रणालीलाई व्यवहारिक बनाउन आवश्यक रहेकाे भन्दै मन्त्री अधिकारीले कतिपय अनुसन्धान द्रुतगतिमा गरि नतिजा निकाल्नु पर्ने भएकाले नार्कको अनुसन्धानलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिए। कृषि उपज आयातको ठुलो आकारले चुनौती थपेको उल्लेख गर्दे मन्त्री अधिकारीले यो चुनौतीको सामना गर्न नार्कले अन्वेषण गर्ने वालीका जातहरू पनि सोही अनुकुलको हुनु पर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस्