श्री साई इन्टरप्राइजेजले सतुंगलमा ल्यायो मल्टी ब्रान्ड स्यानिटरी शोरुम सञ्चालनमा


काठमाडाैँ । काठमाडौँको सतुंगलमा अवस्थित श्री सार्ई इन्टरप्राइजेजले मल्टी ब्रान्ड स्यानिटरी शोरुमको रूपमा आफ्नो व्यवसाय विस्तार गरेको छ। ज्यागुअर, हिन्दवेयर लगायतका ब्रान्डको कारोबार गर्दै आएको इन्टरप्राइजेजले अब कजारिया तथा अन्य नयाँ ब्रान्डका सामग्रीसमेत उपलब्ध गराउने भएको छ।

गत शुक्रबार आयोजित कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी तथा विभिन्न वडाका वडाध्यक्षहरूले शोरुमको औपचारिक उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै मेयर गिरीले नगर क्षेत्रलाई उत्कृष्ट बनाउन गुणस्तरीय स्यानिटरी सामग्री आवश्यक पर्ने र यस प्रकारका शोरुमले उपभोक्तालाई सहज सेवा प्रदान गर्ने उल्लेख गरे।

श्री सार्ई इन्टरप्राइजेजका म्यानेजिङ डाइरेक्टर जगदिश पन्थीले चन्द्रागिरि नगरपालिका क्षेत्रमै सबैभन्दा ठूलो मल्टी ब्रान्ड स्यानिटरी शोरुम सञ्चालन गर्न पाएकोमा खुसी व्यक्त गर्दै यो शोरुम घर निर्माण सामग्रीको ‘वान स्टप सोलुसन’ हुने बताए। उनले ग्राहकको विश्वास निरन्तर कायम राख्ने प्रतिबद्धता जनाए।

शोरुममा ज्यागुअर, हिन्दवेयर, कजारिया तथा एसियन पेन्ट्सका उत्पादनहरू उपलब्ध छन्। साथै, नेपालमै उत्पादन गरिएको जियो ब्रान्डका सामग्रीहरू पनि पाइने छन्। उद्घाटन अवसरमा ग्राहकलाई विशेष छुट योजना समेत घोषणा गरिएको छ।

२०६९ सालदेखि स्यानिटरी तथा टायल सामग्रीको व्यवसाय गर्दै आएको श्री सार्ई इन्टरप्राइजेजको सुरुवात जगदिश पन्थीले गरेका थिए। युरोप र अमेरिकामा १० वर्ष बिताएपछि नेपालमै व्यवसाय सञ्चालन गर्ने उद्देश्यले उनले यो व्यवसाय थालेका थिए। हाल यसले धेरै युवालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी प्रदान गरिरहेको छ।