आइतबार कति छ सुनचाँदीको मूल्य ?


काठमाडौँ । आइतबार छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख ७० हजार रुपैयाँ रहेको छापावाल सुनको मूल्य आइतबार ३०० रुपैयाँले बढेर एक लाख ७० हजार ३०० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर एक हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ ।