रास्वपा सांसद कार्कीको प्रस्तावः ३५ वर्ष यताका सबै भ्रष्टाचारका काण्डहरूको छानविन गरौँ


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. चन्दा कार्कीले ३५ वर्षयताका भ्रष्टाचारका काण्डहरुको छानविन गरि मुलुकमा सुशासन कायम गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।

प्रतिनिधि सभाको आईतवारको बैठकमा बोल्दै सांसद कार्कीले देशले एकपछि अर्को कठोर र लज्जास्पद झट्काहरुको सामना गरिरहेको उल्लेख गरिन् । सरकारसँग विप्द व्यवस्थापनको लागि ठोस योजना नभएको आरोप लगाइन् । उनले सरकारले रामराज्य देखावा नगरी कमसेकम पासमार्क आउने गरी काम गर्नुपर्ने बताइन् । उनले मुलुकको विकासका लागि राजनीतिक संस्कार सुधार्न जरुरी रहेको बताइन् ।

“देशले आज एकपछि अर्को कठोर र लज्जास्पद झट्काहरु सहिरहेको छ । ट्रान्सपेरन्सी इन्टरनेसनलले नेपाल झन भ्रष्टाचारी मुलुक भनि देखाएको छ । हाम्रा कर्णधारहरू असुरक्षित छन् । प्रकृति लम्साललाई मर्न वाध्य बनाइयो । स्वदेशमै पनि विद्यार्थीहरु आत्महत्या गरिरहेका छन् । विपद् व्यवस्थापनमा ठोस योजना छैन । उद्धारका लागि चाहिने सेनका हेलिकेप्टरहरुको अवस्थाको बारेमा बोलिँदैन । तसर्थ अब सरकारले रामराज्यको देखावा नगरी कमसेकम पासमार्क ल्याउने गरी काम गरोस्,”उनले भनिन् ।

उनले अन्तर्राष्ट्रिय सहयोग नभनेर ठगीको आरोप लागेर ३९ मिलियन अमेरिकी डलर बराबरको युएस एड रोकिएको भन्दै दुःख व्यक्त गरे ।