नेपाल ग्रे लिस्टमा परेको विषयलाई गम्भीरतापूर्वक लिनुपर्छः सांसद पाण्डे


काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले नेपाल ग्रे लिस्टमा परेको विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन् ।

मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारले योजना बनाएर र सुधारका लागि गर्नुपर्ने कामको सूचि बनाएर कम गर्नुपर्नै बताएका हुन् ।

उनले प्रमुख दलका नेताहरु शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल निरन्तर सत्तामा रहेको कुरा बिर्सन नहुने बताए । नेपाल ग्रे लिस्टमा परेको जिममा तीन प्रमुख नेताहरुले नै लिनुपर्ने बताए ।