मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाः असल कर्जाको कर्जा नोक्सानी व्यवस्था घटायो (पूर्णपाठ)


काठमाडौँ । नेपाल राष्ट्र बैंकले असल कर्जाको कर्जा नोक्सानी व्यवस्था घटाएको छ । राष्ट्र बैंकले मौद्रिक नीति २०८१ ८२ को अर्धवार्षिक समिक्षामा असल कर्जाको विद्यमान १.१० प्रतिशतको कर्जा नोक्सानी व्यवस्थालाई १.० प्रतिशत कायम गरेको हो ।

यस्तै, नन्डेलिभरेबल फरवार्डको हकमा प्राथमिक पुँजीको विद्यमान १५ प्रतिशतको सीमालाई वृद्धि गरी २० प्रतिशत कायम गर्ने भएको हो ।

मूल्य वृद्धिको पछिल्लो प्रवृत्तिले नीतिगत दर बढाउनु पर्ने आवश्यकता औंल्याएको भएपनि आर्थिक क्रियाकलाप विस्तारलाई उच्च प्राथमिकतामा राख्नु पर्ने भएकाले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति जारी गर्दा लिइएको लचिलो कार्यदिशालाई यथावत राखेको राष्ट्र बैंकले जनाएको छ ।

व्यक्तिगत सवारी साधन र सबै प्रकारका विद्युतीय सवारी साधनको ऋण मूल्य अनुपातको सीमालाई ६० प्रतिशत कायम गरेको छ ।