नेष्डो समृद्ध लघुवित्तले डाक्यो साधारण सभा, लाभांश प्रस्ताव पारित गर्ने


काठमाडौँ। नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत १० गते रोयल रिसोर्ट पर्वतमा बिहान ११ बजे वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीको फागुन १३ गते बसेको सञ्चालक समितिको बैठकले छैटौं साधारण सभा आव्हान गरेको हो । सभाले हाल कायम चुक्ता पूँजीको १४ं.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गर्ने जनाएको छ ।

सभामा बोनस सेयर बाँडेपछि चुक्ता पूँजी बढ्ने भएकाले सोही बमोजिम कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने र अन्य लघुवित्तसँग मर्जरका लागि आवश्यक काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्ने उल्लेख गरेको छ।

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गर्नेछ । साथै, साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले फागुन २८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।