आफुलाई प्रश्न सोध्नुको कारणबारे प्रतिप्रश्न गर्दै कुलमानले बुझाए स्पष्टिकरण


काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उर्जा मन्त्रालयमा स्पष्टीकरण बुझाएका छन् । बुधबार उर्जामन्त्रालयले मागेको स्पष्टीकरणको जवाफ दिँदै कुलमानले पटक पटक स्पष्टिकरण सोधेर दुख दिएको बताएका छन् ।

पाँच पेज लामो स्पष्टिकरणमा उनले मन्त्रालयले सोधेको स्पष्टिकरणको कानुनी आधारदेखि आफूलाई प्रश्न सोध्नुको कारणबारे उल्टै प्रतिप्रश्न गरेका छन् ।

मन्त्रिपरिषदको निर्णयबाट नियुक्त भएको आफूलाई हटाउने विषयमा स्पष्टिकरण सोध्ने र कारवाही गर्ने अधिकार मन्त्रालयलाई र मन्त्रीलाई नभएको समेत प्रष्ट पारेका छन् । उनले राम्रो काम गर्दा सहयोग गर्नुपर्नेमा उल्टै पटकपटक स्पष्टिकरण सोधेर दुःख र हैरानी दिएको भन्दै उर्जामन्त्रीमाथि नै प्रश्न उठाएका छन् ।

मन्त्रालयले सोधेको प्रष्टीकरणमा कसुर यकिन समेत नभएको कुलमानको दाबी छ । कसुर नै यकिन नभएको गोश्वारा आरोपमा कारबाही गर्न नमिल्ने उनले जवाफ दिएका छन् ।

त्यस्तै, आफूले पठाएको पहिलो स्पष्टीकरण के कति कारणले चित्तबुझ्दो भएन भन्ने कारण खुलेको छैन नखुलेको भन्दै यस्तो अवस्थामा आफूले उचित प्रतिवादको मौका नपाएको उनको गुनासो छ ।

घिसिङले नेपाल–भारत विद्युत् आदानप्रदान समिति ९पावर एक्सचेन्ज कमिटी०को १६ औँ बैठकमा १३२ केभीमार्फत आयात हुने विद्युत्का लागि १ दशमलव ५ प्रतिशत र ३३ केभीमार्फत आयात हुने विद्युत्का लागि १ दशमलव ६५ प्रतिशत महसुल बढाउन सहमति गरेको आरोप छ । सो सहित सोधिएका समग्र विषय उनले आफ्नो जवाफमा उल्लेख गरेका छन् ।

स्पष्टिकरणकाे पूर्णपाठ यहाँ हेनुहाेस्