२८ सय अंक माथि नेप्से परिसूचक


काठमाडौं । मौद्रिक नीतिको समिक्षापछिको कारोबार पहिलो दिन सेयरबजारमा उछाल आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार सेयर मापक सूचक नेप्से परिसूचक ४९.१५ अंकले बढेर २८१५.०४ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये सबै उपसमुहको सेयर बढेको छ । बिहीबार नेप्सेमा हिमालयन रिइन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ९६ करोड ४७ लाख बढिको सेयरकारोबार भएको छ ।

आजको दिन नेप्सेमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र अपर हेवाखोला हाइड्रोपावरको सबैभन्दा धेरै कारोबार भएको छ ।
कुल ३०० कम्पनीको २ करोड ६१ लाख ९९ हजार ७ सय ८० कित्ता सेयर किनबेच हुँदा ११ अर्ब २९ करोड २४ लाख बढिको कारोबार भएको नेप्सेले जनाएको छ ।