काठमाडाैँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले तीन केजी ७४५ ग्राम सुन जस्तो देखिने पहेंलो धातु सहित चार जना उज्वेकिस्तानका नागरिकलाई पक्राउ गरेको छ।
गएराति दुबईबाट फ्लाइ दुवईको उडानमार्फत आएका तीन महिला र एक पुरुषले मलद्वारमा लुकाएर उक्त धातु ल्याएको अवस्थामा पक्राउ गरिएको हो। पक्राउ पर्नेहरूमा ४९ वर्षीया फेजिभा साउदत ४८ वर्षीया अख्मेदोभा उमेदा ५४ वर्षीया मारिफालिभा दिलफुजा र ४१ वर्षीय तुरसुनोभ सारदोर रहेका छन्।
घटनाबारे थप अनुसन्धानका लागि पक्राउ परेकाहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, सिनामंगलमा बुझाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्