काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले १० वर्षको अवधिमा वार्षिक ७.५० प्रतिशत ब्याजदरमा ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०९१’ नामक ऋणपत्र निष्काशन गरेको हो ।
कुल ३० लाख कित्ता ऋणपत्रको मूल्य ३ अर्ब रुपैयाँ राखिएको छ। यसमा ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरको व्यक्तिगत लगानीकर्ताहरूको लागि र ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणको लागि छुट्याइएको छ। सर्वसाधारणका लागि बाँडफाँट हुने ऋणपत्रमध्ये ५ प्रतिशत सामूहिक लगानी कोषहरूको लागि छुट्याइएको छ।
लगानीकर्ताले ऋणपत्रमा न्यूनतम २५ कित्ता र अधिकतम १२ लाख कित्तासम्म आवेदन गर्न सक्नेछन् ।
यस ऋणपत्रको निष्काशन छिटोमा फागुन २१ गतेसम्म र ढिलोमा चैत ३ गतेसम्म रहेको छ । कम्पनीले ऋणपत्रको वबक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस्