२५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक


काठमाडौँ । नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले तरलता प्रशोचन गर्न लागेको हो ।

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २१ दिनको लागि बोलकबोलको माध्यमबाट २५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको हो । यसको साँवा ब्याज राष्ट्र बैंकले चैत १० गते भुक्तानी गर्ने जनाएको छ ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।