समाज लघुवित्त र ग्रामीण विकास लघुवित्त गाभिने


काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड बिच मर्जरमा जाने सम्झौता भएको छ।

सर्लाहीको मलंगवामा रहेको समाज लघुवित्त र रुपन्देहीको बुटवलमा रहेको ग्रामीण विकास लघुवित्तबिच फागुन १७ गते मर्जर सम्झौता भएको हो ।

सो, गाभिने प्राप्ति गर्ने सम्बन्धी सम्झौता पत्रमा दुबै लघुवित्त संस्थाका पदाधिकारीले हस्ताक्षर गरेका छन् ।