काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आवेदन पेश गर्ने समयावथि थप गरिएको छ । नेप्सेको सीईओ पदमा नियुक्तीका लागि गठित सिफारिस समितिले सार्वजनिक विदा परेकोले आवेदन दिने समय कम भएको भन्दै एक साता थप गरेको हो ।
समिितले सीईओ पदका लागि गत फागुन १२ गते सूचना जारी गर्दै दरखास्त आह्वान गरेको थियो भने आवेदन दिने अन्तिम मिति फागुन १८ तोकिएको थियो । समितिले समय थप गरेसँगै अब इच्छुक आवेदकले फागुन २५ गतेसम्म आवेदन दिन सक्नेछन् ।
सीईओ पदका लागि आवेदन दिने व्यक्ति अर्थर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन सूचना प्रविधि वा वाणिज्य वा कानून विषयमा मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तिमा स्नातकोत्तर वा चार्टर्ड एकाउण्टेन्सी वा सो सरहको उपाधी हासिल गरी पूँजी बजार वा वित्तीय क्षेत्र वा व्यवस्थापन सम्बन्धी कार्यमा कम्तीमा सात बर्ष उच्च व्यवस्थापकीय तहमा काम गरेको अनुभव सहित कम्तीमा पन्ध्र बर्षको कार्य अनुभव भएको हुनु पर्नेछ ।
प्रतिक्रिया दिनुहोस्