एकैदिन तोलाको १४ सयले बढ्यो सुनको भाउ


काठमाडौँ । आज सुनचाँदीको मूल्य बढेको छ । मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ४०० र चाँदी प्रतितोला २५ रुपैँयाले बढेको हो ।

सोमबार प्रतितोला एक लाख ६८ हजार एक सयमा कारोबार भएको सुन आज बढेर प्रतितोला एक लाख ६९ हजार पाँच सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यसैगरी आज चाँदी प्रतितोला १ हजार ९४० मा किनबेच भएकाे महासङ्घले जनाएको छ ।