काठमाडौँ । कोशी अस्पताल, विराटनगरमा रेडियोग्राफरका रूपमा कार्यरत जितेन चौधरीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी लाभ लिएको अभियोगमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
विशेष अदालतमा दायर गरिएको आरोपपत्रअनुसार, चौधरीले नेपाल स्वास्थ्य व्यवसायी परिषद्को सदस्यता लिनका लागि राजीव गान्धी युनिभर्सिटी अफ हेल्थ साइन्स, कर्नाटकबाट जारी भएको बि एससि एमआइटी प्रमाणपत्र पेश गरेका थिए। तर अनुसन्धानका क्रममा उक्त प्रमाणपत्र झुट्टा रहेको पुष्टि भएको थियो।
चौधरीले उक्त प्रमाणपत्रको आधारमा कोशी अस्पताल, विराटनगरमा रेडियोग्राफर पदमा २०७२ सालमा नियुक्ति लिई अहिलेसम्म पद, लाभ र सुविधा लिएको पाइएको छ। यसका आधारमा उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा कैद तथा जरिवानाको मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको हो।
प्रतिक्रिया दिनुहोस्