काठमाडाैँ । नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले आउँदो आर्थिक वर्षको बजेट अधुरा र सम्पन्न हुन नसकेका आयोजनाहरू सम्पन्न गर्नेगरी ल्याउनुपर्ने बताएका छन् ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद घिमिरेले प्रत्येक वर्ष नयाँ कार्यक्रम थप्ने तर पूरा नगर्ने प्रवृत्तिका कारण आयोजनाहरु सम्पन्न हुन नसकेको बताएका हुन् । उनले लथालिङ्ग र भद्रगोल अवस्थामा योजना छनोट गरेर बजेट विनियोजन गरिएको भएपनि योजनाहरु सम्पन्न हुन नसकेको बताए ।
“बजेट बनाउने बेला हुँदै छ । बजेट बनाउँदा नयाँ नयाँ कार्यक्रमहरू थप्ने तर पुरा नगर्ने महारोग यो देशमा देखियो । अब यसले चाहीँ लथालिङ्ग र भद्रगोल अवस्थामा योजना छनोट गरेर बजेट विनियोजन गरेको छ । तर कुनैपनि योजनाहरु सम्पन्न भएका छैन । त्यसकारण यो वर्ष नयाँ योजना भन्दा पुराना र थालिएका योजनाहरुलाई सम्पन्न गर्नेगरी बजेट विनियोजनमा राखियोस् भन्ने सभामुखमार्फत सरकारसँग आग्रह गर्न चाहन्छु,”उनले भने ।
उनले थालिएका योजनाहरु सम्पन्न गर्नेगरी अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्