काठमाडौँ। साताको कारोबारको चौथो दिन सेयरबजार दोहोरो अंकले घटेको छ । बुधबार सेयर मापक सूचक नेप्से परिसूचक २५।१६ अंकले घटेर २८२१।१३ अंकमा झरेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये १२ ओटा उपसमुहको सेयरमूल्य घटेको छ भने एक ओटा उपसमूहको सेयरमूल्य बढेको छ ।
बुधबार नेप्सेमा सबैभन्दा धेरै हिमालयन रि इन्स्योरेन्सको कारोबार भएको छ । कम्पनीको ९६ करोड ७० लाख ९५ हजार ३०८ रुपैयाँ बढिको कारोबार भएको छ ।
आजको दिन नेप्सेमा समाज लघुवित्त वित्तीय संस्था र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताहरुले सबैभन्दा बढि कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
यस्तै, आज ग्रिन डेभलपेमन्ट बैंकका लगानीकर्ताहरुले सबैभन्दा बढि गुमाएका छन् । कम्पनीको सेयर मूल्य ६।८४ प्रतिशतले घटेको छ ।
कुल ३०८ कम्पनीको २ करोड ३३ लाख ४३ हजार २०१ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ९७ करोड २६ लाख ५४ हजार ४७३ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्