सहकारीहरूको प्रभावकारी नियमन गर्ने संस्था स्थापना गर्न अध्यादेश ल्याइएको होः मन्त्री अधिकारी


काठमाडाैँ ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीेले सहकारीहरूकाे अनुगमन, नियमन तथा सुपरीवेक्षण गर्नको लागि सहकारीसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश ल्याइएको बताएका हुन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा अध्यादेश अस्विकृत गरियोस् भन्ने प्रश्तावको छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री अधिकारीले यस्तो बताएका हुन् । उनले सहकारी क्षेत्रमा वर्तमान अवस्थामा देखिएका कमजोरीको तत्कालै नियन्त्रण गर्न आवश्यक भएकोले सरकार अग्रसर भएको जिकिर गरे ।

उनले अध्यादेशमार्फत राष्ट्रिय सहकारी नियनमन प्राधिकरणका साथै वचत तथा कर्जा सुरक्षा कोष र कर्जा सूचना केन्द्रको समेत व्यवस्था गरेको बताए । 

“विगतको केही वर्षयता सहकारीमा समस्याहरू देखिएका हुन् । सहकारीमा कमजोरि र वेथिति फैलिएकै हो । वचतकर्ताले सहकारीमा राखेको रमक हिनामिना भएकै हो । त्यसकारण सहकारी स्वनियमको आधारमा चल्ने नाउमा नियमनकारी निकाय भएन भनेर अहिले हामीले अध्यादेश ल्याएको कुरा म यहाँलाई जानकारी गराउन चाहन्छु,” उनले भने ।

उनले अध्यादेशको माध्यमबाट सहकारीहरूमा विद्यमान समस्याहरूको समाधान हुनुका साथै सहकराीलाई थप पारदर्शी बनाउन सहयोग पुग्ने विश्वास समेत व्यक्त गरे ।