गैरआवासीय नेपाली नागरिकको सुरक्षाको लागि अन्तर्राष्ट्रिय सेल गठन गर्न सांसद पौडेलको माग


काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले गैरआवासीय नेपाली नागरिकको सुरक्षाका लागि अन्तर्राष्ट्रिय सेल गठन गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै सांसद पौडेलले अमेरिकाले गैरआवासीय नेपाली नागरिकलाई हत्कडी र नेल लगाएर अन्तर्राष्ट्रिय मानवअधिकारको मूल्य,मान्यताविरित निकाला गरिरहेको भन्दै आपत्ति जनाएका हुन् ।

उनले आवासमा रहेका नागरिकहरुको सुरक्षामाथि सरकार गम्भिर हुन जरुरी रहेको बताए । उनले अमेरिका, जापान, कोरिया लगायतका मुलुकबाट नेपाली नागरिक डिर्पोट भइरहेको उल्लेख गर्दै उनीहरूको सहज स्वदेश फिर्तीको लागि पहलकदमी अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराए । उनले गैरआवासीय नेपालीको सुरक्षाको लागि सरकार गम्भिर नभएको आरोप समेत लगाए ।