सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह अध्यादेश राष्ट्रिय सभाबाट स्वीकृत


काठमाडाैँ । राष्ट्रिय सभाबाट सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई स्वीकृत भएको छ ।

बुधवारको राष्ट्रिय सभा बैठकले अध्यादेश स्वीकृत गरेको हो । अध्यादेशमा विपक्षी दलहरुको तर्फबाट अस्वीकृत गर्ने प्रस्ताव परेको थियो । तर राष्ट्रिय सभाले बहुमतले प्रस्ताव पारित गरेको हो ।

सरकारको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।प्रस्तावलाई बहुमत सांसदले स्वीकृत गरेको राष्ट्रिय सभा अध्यक्षले सभामा घोषणा गरेका छन् ।