काठमाडाैँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल ग्रे लिस्टमा पर्नुको सचित्र वर्णन सदनमा प्रश्तुत गर्ने प्रतिवद्धता जनाएका छन् ।
बिहीवारको राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री पौडेलले नेपाल ग्रे लिस्टमा अहिलेको सरकारको कारण नभइ यसअघिको सरकारले गरेका कामहरुको नतिजाले परेको बताए । उनले कसले के काम गर्दा नेपाल ग्रे लिस्टमा प¥यो भन्नेबारेमा संसदमै सचित्र वर्णन गर्ने उल्लेख गरे । उनले कुनकुन कालखण्डमा कसले कसले के गरेका छन् ? कुन कालखण्डमा के भयो र नेपाल ग्रे लिस्टमा भएन ? कुन कालखण्डमा कसले काम ग¥यो र यो ग्रे लिस्टमा प¥यो भन्नेकुराको वर्णन छिटै गर्ने पनि बताए ।
उनले भने, “नेपाल ग्रे लिस्टमा परेको कुरा गर्नुभयो । ग्रे लिस्टको सम्बन्धमा मैले हिजो पनि भनेको छु । नेपालले खासगरी सम्पती शुद्धिकरणको अफवादमा संलग्न हुनेहरुको बिरुद्धमा कस्तो कस्तो अभ्यास, कानूनी प्रवन्ध, नियमावलीको व्यवस्था गरेको छ । कस्तो संरचना निर्माण भएको छ । कुनकुन कालखण्डमा कसले कसले के गरेका छन् । कुन कालखण्डमा के भयो र नेपाल ग्रे लिस्टमा भएन ? कुन कालखण्डमा कसले काम ग¥यो र यो ग्रे लिस्टमा प¥यो भन्नेकुराको म सचित्र वर्णन सम्मानित सभा समक्ष गर्न चाहन्छु । यो ग्रे लिस्ट यो सरकार आएपछिको ग्रे लिस्ट होइन । यो सरकार आएपछि मुलुक ग्रे लिस्टमा गएको होइन । यो ग्रे लिस्टको नतिजा त इक्जाम सकिएर रिजल्ट तयार भइसकेको थियो । त्यो परीक्षा भएर नतिजा तयार भएको कुरा फ्रान्समा टाँसिएको हो । हिजो कुन समयमा के काम हुनुपर्ने हो त्यो काम नभएका कारण भएको हो । सम्पती शुद्धिकरण सम्बन्धी अपराधलाई नियन्त्रण गर्ने सिलसिलामा नेपालले आउने दिनमा प्रभावकारी ढंगले काम गर्दछ ।”
दुई वर्षको समय नलिइ छोटो समयमै ग्रे लिस्टबाट बाहिर आउने प्रक्रियामा नेपाल रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्