नेपाल इन्स्योरेन्सकाे लाभांश घोषणा


नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई १५.७९ प्रतिशत लाभांश दिने भएको हो ।

हिजो फागुन २४ गते शनिबार बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि उक्त लाभांश प्रस्ताव गरेको हो ।

बैठकले आव २०८०/८१ का लागि हाल कायम रहेको कम्पनीको चुक्तापूँजीको १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत नगद लाभांश९कर प्रयोजनका लागि० गरी कुल १५।७९ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

प्रस्तावित लाभांशमा नेपाल बीमा प्राधिकरणबाट स्वीकृति भएपश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात सेयरधनीहरुलाई वितरण गरिनेछ ।