आइतबार ४६ अंकले घट्यो नेप्से, १० अर्ब रुपैयाँ बढिको कारोबार


काठमाडौँ । साताको कारोबारको पहिलो दिन सेयरबजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सेयर मापक सूचक नेप्से परिसूचक ४६.३३ अंकले घटेर २७७२.१० अंकमा पुगेर रोकिएको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहकै सेयरमूल्य घटेको छ ।

नेप्सेमा आज हिमालयन रिइन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको सेयरमूल्य एक अर्ब १२ करोड ४८ लाख ४९ हजार ९६४ रुपैयाको कारोबार भएको छ ।

आज गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, आइसिएफसी फाइनान्स लिमिटेड डिबेञ्चर २०८८ र भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीका लगानीकर्ताहरुले सबैभन्दा बढि कमाएका छन् । कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशत, १० प्रतिशत र ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

यस्तै, उपकार लघुवित्त र सिन्धु विकास बैंकका लगानीकर्ताहरुले सबैभन्दा बढि गुमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर नकारात्मक सर्किट लागेको छ ।

कुल ३१५ कम्पनीको २ करोड २७ लाख २६ हजार २८३ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ९ करोड ३६ लाख ५४ हजार १२९ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।