नेप्सेको ओरालो यात्रा कायमै, मंगलबार ३२ अंकले घट्यो


काठमाडौँ । साताको कारोबारको तोस्रो दिन सेयरबजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सेयर मापक सूचक नेप्से परिसूचक ३२.२१ अंकले घटेर २७१९.२० अंकमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये १२ ओटा उपसमुहको सेयरमूल्य घटेको छ भने बाँकी एक ओटा उपसमुहको सेयरमूल्य बढेको छ ।

नेप्सेमा आज हिमालयन रिइन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको सेयरमूल्य ५८ करोड ६५ लाख १७ हजार ४४ रुपैयाँको कारोबार भएको छ ।

आज महालक्ष्मी विकास बैंकका लगानीकर्ताहरुले सबैभन्दा बढि कमाएका छन् । कम्पनीको सेयरमूल्य क्रमश ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

यस्तै, नेष्डो समृद्ध लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढि गुमाएका छन् । कम्पनीको सेयरमूल्य ६.६९ प्रतिशतले घटेको छ ।

कुल ३०३ कम्पनीको एक करोड ५५ लाख ५९ हजार ६८३ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ३९ करोड ११ लाख ४९ हजार ५५ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।