सोमबार पनि घट्यो नेप्से परिसूचक


काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सेयरबजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सेयर मापक सूचक नेप्से परिसूचक २०.६८ अंकले घटेर २७५१.४२ अंकमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये १२ ओटा उपसमुहको सेयरमूल्य घटेको छ भने बाँकी एक ओटा उपसमुहको सेयरमूल्य बढेको छ ।

नेप्सेमा आज नेपाल रिइन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको सेयरमूल्य ७३ करोड १७ लाख ७७ हजार ९७० रुपैयाको कारोबार भएको छ ।

आज नेष्डो समृद्ध लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढि कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

यस्तै, उपकार लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढि गुमाएका छन् । कम्पनीको सेयरमूल्य ६.९८ प्रतिशतले घटेको छ ।

कुल ३११ कम्पनीको एक करोड ५० लाख ९४ हजार ९१५ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ३७ करोड ८० लाख ५५ हजार ५७ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।