काठमाडाैँ । नेकपा (एमाले)का सांसद गोकर्ण बिष्टले लोकतन्त्रको विकल्प प्रतिगमन र राजतन्त्र हुन नसक्ने बताएका छन् ।
प्रतिनिधिसभाको मंगलवारको बैठटकमा बोल्दै सांसद विष्टले यस्तो बताएका हुन् । लोकतन्त्रको विकल्प उन्नत र सुधारिएको लोकतन्त्र मात्र हुनसक्ने उनको भनाइ छ । उनले नेपाली राजनीतिमा समेत सुधारको आवश्यकता रहेको बताए ।
उनले एउटा बोल्ने अर्को गर्ने प्रवृत्तिलाई सुधार्न सकिएमात्र समृद्ध राजनीतिलाई समृद्ध बनाउन सकिने बताए ।उनले योग्यताअनुसारको काम र कामअनुसारको मूल्याङ्कन गर्ने प्रणालीको विकास गर्न सकेमात्र नेपाली राजनीतिमा आशा जगाउन सकिने बताए ।
“नेपालको राजनीतिमा हामीले जे बोल्छौं त्यही गर्नेगरी सुधार्न जरुरी छ । नेपालको राजनीतिलाई समृद्ध पार्न जरुरी छ । आज हामीले राजनीतिक नियुक्तिमा होस् चाहे अरु प्रकारका कामहरूमा होस् । योग्यताअनुसारको काम र कामअनुसारको मूल्याङ्कन गर्ने प्रणालीको विकास गर्न सक्यौं भने मात्रै हामी नेपाली राजनीतिमा आशा जगाउन सक्छौं । यो प्रकारको कदमले मात्रै हामी नेपाली राजनीतिलाई परिणाममुखि बनाउन सक्छौं,” उनले भने ।
वर्तमान सरकार गठन भएयता मुलुकमा सकारात्मक परिवर्तनहरु देखा परेको उनको दाबी छ ।
प्रतिक्रिया दिनुहोस्