काठमाडाैँ । सरकारले राष्ट्रिय चिया तथा कफी विकास बोर्डको कार्यकारी निर्देशक पदमा फाइन्द्रराज पाण्डेलाई नियुक्त गरेको छ ।
फागुन २६ गते बसेको मन्त्रीपरिषद्को बैठकले पाण्डेलाई बोर्डको कार्यकारी निर्देशक पदमा नियुक्त गरेको हो ।
बैठकका निर्णय सुनाउँदै बुधवार सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सरकारले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट सिफारिस भएबमोजिम सङ्घ, प्रदेश र स्थानीय तहविच रोयल्टी बाँडफाँटका आधार विधि र हिस्सा स्वीकृत गरेको छ ।
भागीरथी भट्टराई (ज्ञवाली), काठमाडौंलाई विद्युत नियमन आयोगको सदस्य पदमा नियुक्त गर्ने र रेट एनालाइसिस नम्र्स फर वर्क २०८१ स्वीकृत गर्ने निर्णय गरेको समेत बताए ।
प्रतिक्रिया दिनुहोस्