काठमाडाैँ । ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक,२०८१’ प्रतिनिधि सभामा पेश गरिएको छ ।
बुधवारको प्रतिनिधि सभाको बैठकमा उक्त विधेयक भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सभामा पेश गरेका हुन् । यसअधि उक्त विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसदहरूले विरोधको सूचना दिएका थिए ।
सो सूचना नियणार्थ पेश गर्दा बहुमतले अस्विकृत भए । सरकारले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश’ ल्याएको थियो । उक्त अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा टेबुल गरेको हो ।
प्रतिक्रिया दिनुहोस्