मुलुकमा राजश्व र पुँजीगत खर्च घट्दै गएका कारण सुशासन प्रवद्र्धन विधेयक ल्याएका हौंः मन्त्री गुरुङ


काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले मुलुकमा सुशासन अभावका कारण राजश्व र पुँजीगत खर्च समेत घट्दै गएको कारण सुशासन प्रवद्र्धन विधेयक ल्याएको बताएका छन् ।

सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा सांसदहरुले राखेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री गुरुङले शासन प्रणालीसँग जोडिएका अधुरा र अपूरा कानूनहरुलाई पूर्णत दिनको लागि विधेयक अपरिहार्य ठानेर ल्याइएको दाबी गरेका हुन्।

उनले मुलुकमा सुशासन कायम गर्नको लागि वाधक रहेका कानूनहरुमा सुधार गरि सार्वजनिक सेवा प्रणालीलाई प्रभावकारी बनाउन आवश्यक ठानेर सरकारले विधेयक ल्याएको बताए । उनले प्रभावकारी सेवा र न्याय दिनको लागि नै सरकारले अध्यादेशमार्फत कानून संशोधन गर्न लागेको बताए ।