स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँट


काठमाडौँ । स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँट भएको छ। सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार १९ हजार ५७७ आवेदकले १० कित्ता र ३ जनाले ११ कित्ता सेयर प्राप्त गरेका छन् ।

मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथामार्फत एफपीओ बाँडफाँट गरिएको छ। कुल १७ लाख ८० हजार ४५७ जनाले २ करोड १७ लाख १५ हजार ७५० कित्ता सेयरका लागि आवेदन दिएका थिए भने २ हजार ६६४ आवेदन रद्द भएको थियो ।