काठमाडौँ । उपभोक्ता अदालतका सदस्य तथा न्यायाधिश गेहेन्द्र राज रेग्मीले उपभोक्ता सचेत भए हक अधिकारको सम्बन्धमा न्याय पाउने बताएका छन् ।
शुक्रबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र उपभोक्ता हित संरक्षण मञ्च नेपालले आयोजना गरेको ‘व्यवसाय र उपभोक्ताको मानवअधिकार, शीघ्र र सुलभ न्यायका लागि उपभोक्ता अदालत’ विषयक अन्तर्क्रिया कार्यक्रममा रेग्मीले उपभोक्तालाई परेको मर्काको विषयमा सचेत भए आफ्नो हक अधिकारको सम्बन्धमा न्याय पाउने बताएका हुन् ।
यसले सबै उपभोक्तालाई जागरुक बनाउने भएकोले सबै मिलेर सचेतना बढाउनुपर्ने बताएका हुन् । उपभोक्ता संरक्षण आइसकेको र भोली उपभोक्ता अदालतको उद्घाटन हुने भएकोले यसले उपभोक्ताको हितको संरक्षण गर्ने उनले उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्