काठमाडौँ । नेपाल राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता भएपछि राष्ट्र बैंकले चैत ३ गते आइतबार २१ दिनको लागि ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागेको हो ।
बोलकबोलको माध्यमबाट ब्याजदर निर्धारण हुन्छ भने राष्ट्र बैंकले यसको साँवा ब्याज चैत २४ गते भुक्तानी गर्ने जनाएको छ ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।
प्रतिक्रिया दिनुहोस्