२१ अंकले घट्यो नेप्से, ६ अर्ब ८३ करोड रुपैयाँ बढिको कारोबार


काठमाडौं । साताको कारोबारको पहिलो दिन सेयरबजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार सेयर मापक सूचक नेप्से परिसूचक २१.६३ अंकले घटेर २७१४.८५ अंकमा झरेको छ ।

आजको दिन सेयरबजारमा कारोबार भएका कुल १३ उपसमुहमध्ये १२ ओटा उपसमुहको सेयरमूल्य घटेको छ भने एक ओटा उपसमुहको सेयरमूल्य बढेको छ ।

आइतबार नेप्सेमा हिमालयन रि इन्स्योरेन्सको सेयरको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ५८ करोड ६६ लाख ८ हजार ३४८ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ८.१९ प्रतिशतले बढेको छ ।

त्यस्तै आज ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ७.९१ प्रतिशतले घटेको छ ।

कुल ३१६ कम्पनीको एक करोड ३९ लाख ७४ हजार ४५२ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ८३ करोड ६६ लाख ४० हजार ४०७ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।