काठमाडाैँ । ‘निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’भन्ने प्रस्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ ।
प्रतिनिधि सभाको आइतवारको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
विधेयकमाथि विचार गरियोस् भन्ने प्रश्ताव स्वीकृत भएसँगै विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्ने बाटो खुला भएको छ । सांसदहरुले ७२ घण्टाभित्र विधेयकमाथि संशोधन प्रश्ताव दर्ता गर्नसक्ने जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्