काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले चारवटा विधेयक प्रमाणीकरण गरेका छन्। प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैबाट पारित भएका चार विधेयक आज (आइतबार) राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन्। संविधानको धारा ११३ को उपधारा (२) बमोजिम विधेयक प्रमाणीकरण भएको राष्ट्रपति कार्यालयले जनाएको छ।
प्रमाणीकरण भएका विधेयकमा सुरक्षित कारोबार ऐनलाई संशोधन गर्न बनेको विधेयक, इकमर्ससम्बन्धी विधेयक, विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयक रहेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्