ईक्रा नेपालले कोकाकोलाको क्रेडिङ रेटिङ घटायो


काठमाडौं । साख निर्धारण कम्पनी इक्रा नेपालले बहुराष्ट्रिय कार्बनयुक्त पेय पदार्थ कोकाकोलाको नेपालस्थित बोटलिङ प्लान्ट बोटलर्स नेपाल लिमिटेड र उसको सहायक कम्पनी बोटलर्स नेपाल (तराई) लिमिटेड (हाल कोका-कोला बेभरेजेज नेपाल भन्ने गरिएको) दुवैको क्रेडिट रेटिङ घटाएको छ। दुवै कम्पनीलाई ‘नेगेटिभ वाच’मा राखिएको छ।
पाँच पटकसम्म स्वामित्व किनबेचमा नेपाल सरकारलाई तिर्नुपर्ने पुँजीकत लाभ नतिरेपछि राजस्व अनुसन्धान विभागले करछलीमा मुद्दा दायर गरेको र ठुला करदाता कार्यालयले निर्धारण गरेको करसमेत नतिरी सर्वोच्च अदालतमा मुद्दामा गएको बोटलर्स समूहका दुवै कम्पनीहरूको अल्पकालीन क्रेडिट रेटिङ घटाइएको हो । यसका साथै सर्वसाधारणको मुख्य सेयर सहभागिता रहेको बोटलर्स नेपाल (तराई) लिमिटेडको दीर्घकालीन क्रेडिट रेटिङ नै हटाइएको छ ।

थप समाचार टक्सार म्यागजिन २०८१ चैत अंकमा