जनता एउटै राजा पालेको भए हुन्थ्यो भन्ने भ्रममा पर्ने डर छः सांसद अर्याल


काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)की सांसद उर्मिला अर्यालले राजनीतिक दलहरु कार्यकर्ता पाल्ने प्रवृत्तिबाट माथि उठ्न नसकेका कारण जनतमा व्यवस्थाप्रति वितृष्णा बढ्दै गएको बताएकी छन् ।

राष्ट्रिय सभाको सोमवारको बैठकमा बोल्दै उनले विभिन्न कालखण्डमा भएका आन्दोलनहरूमा उत्पिडित वर्गको समस्या समाधान गर्नतर्फ राजनीतिक दलहरूको ध्यान जान जरुरी रहेको बताएकी हुन् ।

उनले राजनीतिक दलको यस्तै प्रवृत्तिको कारण जनता एउटै राजा पालेको भए हुन्थ्यो भन्ने भ्रममा पर्ने डर रहको बताइन् ।उनले व्यवस्थाप्रति सबै राजनीतिक दलहरू सचेत हुन जरुरी रहको बताइन् । उनले संघीयता कार्यान्वयनका विषयमा समेत प्रश्न उठ्न थालेको भन्दै विचार पुर्याउन सबै राजनीतिक दलहरुलाई आह्वान गरिन् । 

उनले लोकतान्त्रिक गणतन्त्रको विकल्प राजतन्त्र कुनैपनि हिसावले हुन नसक्ने समेत उल्लेख गरिन् ।