‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक–२०८१’ प्रतिनिधि सभाबाट पारित


काठमाडाैँ ।प्रतिनिधि सभाको आजको बैठकले ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक–२०८१’ पारित गरेको छ ।

बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रस्तुत गरेको ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक–२०८१’ पारित गरयोस्’ भन्ने प्रस्तावलाई बैठकले बहुमतले पारित गरेको हो ।

त्यसअघि प्रतिपक्षी २८ जना सांसदहरुले मत विभाजनको माग गरेपछि सभामुखले मत विभाजन गर्न आदेश दिएका थिए । मत विभाजनमा कुल उपस्थित १३६ सांसदमध्ये ९५ मत पक्षमा र ४१ मत विपक्षमा परेको थियो ।