काठमाडौँ । बुधबार नेपाल राष्ट्र बैंकले २१ दिनको लागि २५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बोलकबोलको माध्यमबाट २५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागेको हो ।
बुधबार बोलकबोल हुनेछ भने राष्ट्र बैंकले यसको साँवा ब्याज चैत २७ गते भुक्तानी गर्ने जनाएको छ । यसको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने छ । यो निक्षेप राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोकोरुपमा प्रयोग गर्न सकिने छ ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।
प्रतिक्रिया दिनुहोस्