काठमाडाैँ । नेकपा (एमाले) की सचेतक सुनिता बरालले संसदलाई निराशा पोखर जनता भड्काउने नभई नीति र कार्यक्रमका माध्यमबाट जनतालाई जोड्ने थलो बनाउन आवश्यक रहेको बताएकी छन् ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद बरालले जनताका समयसापेक्ष समस्या समाधान गर्न चालेका कदमहरूमा सहयोग गर्न समेत सबै राजनीतिक दलहरूलाई आग्रह गरेकी हुन् ।
उनले नयाँ दलहरूले पुराना राजनीतिक दलका नेतृत्वमाथि पुस्ताको कुरा उठाएर गाली गर्ने काम मात्र गरेको समेत आरोप लगाइन् । उनले जनता र नयाँ पुस्ताका समस्यामा बसह गरेर पुस्तान्तरण आवश्यकतालाई प्रमाणिकरण गर्न समेत आग्रह गरिन् । उनले नेपालको अर्थतन्त्रमा उत्पादनले कममा क्षेत्र ओगटेको उल्लेख गर्दै उत्पादन बढाउनु आजको आवश्यकता भएको बताइन् ।
“सदनमा निराशा पाखेर जनतालाई भड्काउने होइन । नीति र कार्यक्रमका आधारमा जनतालाई समेट्ने थलो बनाउन आवश्यक छ । यो कुरालाई संस्थागत गर्न सरकारले चालेका पहलहरुमा सबैले सहयोग गर्न आवश्यक छ । आज नेपालको अर्थतन्त्रको स्वरुप फेरिँदै छ । अर्थतन्त्रमा थोक व्यवसायले ३० प्रतिशत क्षेत्र ओगटेको छ । उत्पादनको क्षेत्रले लगभग १५ प्रतिशत हारहारीले ओगटेको छ,” उनले भनिन् ।
उत्पादन क्षेत्रमा जनशक्ति बढाउनको लागि शिक्षा प्रणालीलाई सिपमुलक बनाउन जरुरी रहेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्