काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले अगामि आर्थिक वर्षदेखि बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको काम सुरू गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पाण्डेले यस्तो ध्यानाकर्षण गराएका हुन् । यस आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा राखिएपनि प्राथमिकताका साथ गरिनुपर्ने कामहरू अगाडि बढ्न नसकेको उनको भनाइ छ ।
उनले आयोजनाको काम सुरू नहुँदा गोरखा र धादिङका नागरिक अन्योलमा बस्नुपरेको उल्लेख गर्दै निर्माण सुनिश्चितता गर्न माग गरे ।
“१२०० मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजना अझै निर्माण सुरू भएको छैन । यसलाई राष्ट्रिय गौरवको आयोजनामा राखिएपनि त्यही प्राथमिकताका साथ गरिनुपर्ने कामहरु अगाडि बढ्न सकिरहेका छैनन् । यस आयोजनाबाट प्रभावित गोर्खा र धादिङका जनता अन्यौलमा बस्नु परेको छ । यसले जनतामा अविश्वास र अन्यौलको वातावरण छाइरहेको छ,” उनले भने ।
उक्त जलविद्युत आयोेजना सम्पन्न भएको खण्डमा नियमित विद्युत आपूर्तिमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्