कृषि उत्पादनलाई प्रोत्साहन गर्न धान, गहुँ र उखु बालीका लागि न्यूनतम समर्थन मूल्य तोकिएको छः प्रधानमन्त्री


काठमाडौँ ,। प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि उत्पादनलाई प्रोत्साहन गर्न धान, गहुँ र उखु बालीका लागि न्यूनतम समर्थन मूल्य तोकिएको बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले आत्मनिर्भरतातर्फ उन्मुख हुने लक्ष्यसहित कृषि आधुनिकीकरण परियोजनालाई परिमार्जन गर्दै अघि बढाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।

उनले उपभोगमुखी आयात घटाउन, निर्यात क्षमता वृद्धि गर्न र उच्च व्यापार घाटा नियन्त्रण गर्न सरकारले चालेका कदमहरूको चर्चा गरे।

प्रधानमन्त्री ओलीले कृषि तथा औद्योगिक नदी करिडोर घोषणा सम्बन्धी सांसदहरूको सुझावका लागि धन्यवाद दिँदै त्यसलाई गम्भीरतापूर्वक लिइने बताए। उनले देशको आर्थिक समृद्धिका लागि कृषि क्षेत्रको सुदृढीकरण आवश्यक रहेको उल्लेख गर्दै किसानहरूलाई आधुनिक कृषि प्रणालीमा सहभागी गराउन नीति तथा कार्यक्रमहरू अघि बढाइएको जानकारी दिए।