सुनसरी–मोरङ सिंचाई आयोजनामा स्थायी प्रकृतिको संरचना निर्माणको लागि अध्ययन हुँदैछः प्रधानमन्त्री


काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुनसरी मोरङ सिंचाई आयोजनामा स्थायी प्रकृतिको संरचना निर्माणको लागि विभिन्न विकल्पहरुमा अध्ययन भइरहेको बताएका छन् ।

बिहीवारको प्रतिनिधि सभाको बैठकमा सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रममा बोलदै उनले कोशी नदिको चतरा नजिक साइड इन्टेक निर्माण गरी सिंचाई सेवा उपलब्ध गराइएको भएपनि नदिले धार परिवर्तन गरेर दाँयापट्टि पानीको वहाव च्यापेकोले साइड इन्टेकमा आवश्यक पानीको प्रवेश गराउन नसकिएको बताएका हुन् । आयोजनाको दिगो सञ्चालनको लागि प्राविधिक एवं आर्थिक विकल्पको खोजि भइरहेको बताए । 

सुनसरी मोरङ सिंचाई आयोजनाले मोरङमा २८ हजार तथा सुनसरी जिल्लामा ४० हजार गरी ६८ हजार हेक्टर जग्गामा सिंचाइ सुविधा पु¥याउदै आएको छ । ५३ किलोमिटर मुल नहर ४ सय किलोमिटर शाखा नहर, प्रशाखा नहर तथा कुलो कुलेसो गरी सो आयोजनाको नहरको लम्बाइ १ हजार ५ सय किलोमिटर भन्दा बढी छ ।