विहीबार पनि घट्यो नेप्से, कारोबार रकम पनि खुम्चियो


काठमाडौँ। साताको कारोबारको अन्तिम दिन सेयरबजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीबार सेयर मापक सूचक नेप्से परिसूचक १२.३८ अंकले घटेर २६६९.७६ अंकमा झरेको छ ।

आजको दिन सेयरबजारमा कारोबार भएका कुल १३ उपसमुहमध्ये एक ओटा उपसमुहको सेयर मूल्य बढेको छ भने बाँकी १२ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

विहीबार नेप्सेमा नेपाल रि इन्स्योरेन्सको सेयरको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २८ करोड २१ लाख २८ हजार २३७ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन डोल्टी पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ७.५३ अंकले बढेको छ ।

त्यस्तै आज मिथिला लघुवित्त र भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

कुल ३१२ कम्पनीको ९५ लाख ९९ हजार ३४३ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५६ करोड १३ लाख ११ हजार २८२ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।