काठमाडाैँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल अमेरीकामा सम्पन्न यातायात सम्बन्धी एक अन्तर्राष्ट्रिय कार्यक्रममा भाग लिएर स्वदेश फर्किएका छन्।
अमेरीकाको वासिङ्टन डीसीमा मार्च १० देखि विश्व वैंकको आयोजीत ‘ट्रान्सफर्मीङ् ट्रान्सपोर्टेशन २०२५’ मा भाग लिन गत फागुन २४ गते मन्त्री दाहाल नेतृत्वको टोलि त्यस तर्फ गएको थियो ।
उनी विश्व वैंकको प्रधान कार्यालयमा ‘सस्टेनेवल ट्रान्सपोर्ट मिनिष्टेरीयल राउण्ड टेवल’ को उद्घाटन शत्र तथा ‘ट्रान्सफर्मीङ् ट्रान्सपोर्टेशन’ मा नेपालको नेतृत्व गर्दै सहभागी थियाे । उक्त कार्यक्रमलाई सम्बाेधन गर्दै मन्त्री दाहालले नेपालको भौगोलिक विविधता र पर्यावरणीय दृष्टिकोणको महत्व दर्शाउँदै नेपालको सडक सञ्जाल र यातायात विस्तारमा सरकारको प्राथमिकता बारे अन्तर्राष्ट्रिय समुदायलाई प्रष्ट पारेका थिए ।
सडक सञ्जालको सुधार र विकासमा सरकारको ध्यान केन्द्रित रहेको बताउँदै उनले ग्रामीण क्षेत्रमा सडक सेवा विस्तार, सवारी साधनको लागत न्यूनतम राख्ने, र छोटा सडक सञ्जालको स्तरोन्नति गर्ने योजनाहरू प्रस्तुत गरेका थिए ।
मन्त्री दाहाल अमेरिका स्थित नेपालको राजदुतावासमा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा पनि सहभागी थियाे भने नेपाली समुदायले आयोजना गरेको अन्तरक्रियालाई पनि सम्बाेधन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्