शुक्रबार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घट्यो


काठमाडौँ । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ७६ हजार रुपैयाँ रहेको छापावाल सुनको मूल्य शुक्रबार एक हजार रुपैयाँले घटेर एक लाख ७५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले घटेर एक हजार ९९५ रुपैयाँ कायम भएको छ ।